मोरगंका मतदाता फकाउन बिराटनगरलाई प्रदेश राजधानी बनाउने काँग्रेस नेताहरुको घोषणा

कार्तिक २०, २०७४ मा प्रकाशित | 973 views

बिराटनगर ।

मोरंगमा नेपाली काँग्रेस पार्टीका  उम्मेदबारहरुले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका छन ।

प्रेस युनियन मोरंगले आज बिराटनगरमा अयोजना गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा  मोरंगमा काँग्रेसबाट प्रतिनिधि र प्रदेश सभामा  उम्मेदवार बनेका सबैले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका हुन ।

कार्यक्रममा काग्रेसका तर्फवाट उम्मेदवार वनेका उनीहरुले बिराटनगरलाई राजधानी बनाउन तीब्र रुपमा भौतिक पुर्बाधार निर्माणमा लागिपर्ने समेत वताए । मोरंग ४ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदबार बनेका महेश आर्चायले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको  जानकारी गराए ।

आर्चायले बिराटनगरलाई मेडिकल  सिटी बनाउने र बिमानस्थलको स्तरोन्नती गरेर अन्तराष्ट्रिय स्तरको बनाउने र जोगबनी किमाथांका सडकलाई सुचारु गर्ने सबै उम्मेदबारहरुलको  मुख्य एजेण्डा भएको बताए ।

परिचय कार्यक्रममा प्रतिनिधि सभामा उठेका सबै क्षेत्रका उम्मेदवारहरुले आआफना चुनावी एजेण्डा सुनाउदै प्रतिबद्धता व्यक्त्त गरेका थिए ।

कार्यक्राममा मोरंग २ नम्बर क्षेत्रका प्रतिनिधि सभा उम्मेदबार डा मिनेन्द्र रिजाल ,४ नम्बर क्षेत्रका उम्मेदबर महेश आर्चाय, ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफना क्षेत्रमा विकासको वाढी ल्याउने दावी गरेका थिए ।

यसैगरी क्षेत्र न १ का नेपाली कांग्रेसका उमेदवार डिकवहादुर लिम्वुले उत्तरी मोरङको समग्र विकासका नै निर्वाचनको मुख्य एजेण्डा रहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web