निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको क्षेत्रमा विशेष निगरानी

कार्तिक १९, २०७४ मा प्रकाशित | 776 views

कपिलवस्तु ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै कपिलबस्तुका सीमा क्षेत्रमा निगरानी बढाइने भएको छ ।

निर्वाचनका बेला आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाउन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको एक टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सुरक्षा समितिको टोलीले नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बजांहा बाँधको शनिबार अवलोकन गरेको छ ।

अवलोकनका क्रममा भारतीय पक्षबाट निर्माण गरिएको बाँधबाट नेपाली क्षेत्रका कृषकको धान खेती डुबेकोे, सीमास्तम्भसमेत डुबानमा परेको, वर्षायामका समयमा नेपाली भू–भागका सर्वसाधारणले डुबान समस्या भोग्नुपरेको अवस्था पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web