काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले एमाले र नेकपा 'माओवादी केन्द्र' बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उहाँले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरिने जानकारी दिनुभएको छ ।

वाम गठबन्धन, ताप्लेजुङले आज सदरमुकाम फुङलिङमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि स्थिर सरकार बन्ने र

अबको स्थायी सरकार वाम गठबन्धनको हुने बताउनुभयो । उहाँले बताउनुभयो ।

ताप्लेजुङबाट बामगठबन्धनबाट उम्मेदवार वन्नुभएका योगेश भट्टराईलाई पार्टीले प्रदेशको मुख्यमन्त्री बनाउने पनि उहाँले बताउनुभयो ।

‘स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन’

चितवन

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताउनुभएको छ ।

पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताउनुभयो ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी चितवन क्षेत्र नं ३ मा भएको उहाँको भनाइ थियो ।

22.12¡ÆC