उम्मेद्धारहरुले चुनाव चिन्ह पाए

कार्तिक १९, २०७४ मा प्रकाशित | 687 views

काठमाडौं ।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवाहरुलाई आज निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको हो ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ पदका लागि उम्मेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेदवारहरुलाई आज निर्वाचन प्रदान गरिएको निर्वाचन आयोगका  प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार ४ हजार ७ सय ४७ उम्मेदवारहरुमध्ये आयोगमा प्राप्त पछिल्लो विवरण अनुसार २ जनाको उम्मेदवारी रद्द, ४ जनाको दाबी विरोधबाट खारेज र २ सय ५८ को उम्मेदवारी फिर्ता गरी जम्मा २ सय ६४ जनाको नाम उम्मेदवारहरुको सूचीबाट हटेको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवाहरुको अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web