टोकियो ।

पत्रकारको रुपमा परिचय बनाएका रबिन्द्र श्रेष्ठ आफ्नो पहिलो गीत पलपल सार्वजनिक गर्दै नव गायकको रुपमा उदाएका छन् ।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले पलपल बोलको पप गितमा आफ्नी प्रेमिकाको पर्खाइ र समपर्ण प्रस्तुत गरेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । नवगायक श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पाश्र्व स्वरमा साथ दिएकी छन् ।

प्लाटिनम स्टुडियोमा छायांकन गरिएको भिडियोमा स्वयम् नवगायक श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मस्ले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ ।

कर्मभुमी जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका तथा रविन्द्र गोर्खालीका रुपमा परिचत श्रेष्ठ चर्चीत अनलाई न्युजपोर्टल नेपालसन्देश तथा जापानसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

19.12¡ÆC