मन्थली,जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसंविधान कार्यान्वयन मुख्य चुनौती भएको बताएका छन् । रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयन मुख्य चुनौती भएको बताएका हुन् ।

राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानून निर्माण लगायतका काम गर्न कठिनाइ हुने भन्दै राष्ट्रिय एकता अनिर्वाय रहेको बताउनु भएको छ । आफू प्रधानमन्त्री बन्नका लागि एकताको कुरा नगरेको भन्दै प्रचण्डले मुलुकको निकासका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा उनले जोड दिए ।

30.12¡ÆC