बेइजिङ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले चीन नयाँ युगमा प्रवेश गरेको र अब चीन विश्वको निर्णायक शक्ति हुनुपर्ने बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय सभालाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आफ्नै विशेषताको समाजवादबाट गरेको तीव्र विकासले अरु देशलाई पनि नयाँ विकल्प दिएको बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय सभा आजदेखि बेईजिङस्थित ग्रेट अफ पिपलमा शुरु भएको छ ।

राष्ट्रिय सभाले आगामी ५ वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको पदाधिकारी छनोट गर्ने छ ।

पार्टीको १८ औं राष्ट्रिय सभाले महासचिव चुनिएका राष्ट्रपति सी दोश्रो कार्यकालका लागि फेरि महासचिव हुने प्रबल सम्भावना रहेको छ ।

हरेक ५ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रसभा देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना मानिन्छ ।

18.12¡ÆC