काठमाडौं ।

गैर आवासिय नेपाली संघ एनआरएनए को अध्यक्षमा भवन भट्ट बिजयी भएका छन् ।

काठमाडौंमा भएको एनआरएनए आठौं विश्व सम्मेलनबाट निर्वाचन मार्फत भट्ट आगामी दुई बर्षे कार्यकालको लागि बिजयी भएका हुन् ।

निवर्तमान उपाध्यक्ष रहेका भवन भट्टले अध्यक्षका दावेदार जमुना गुरुगंलाई पराजित गरेका छन् ।

गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय रहँदै आएका थिए ।

जापानमा एनआरएनको समन्वयन समिति गठन देखि एनअराएनए जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष सम्हालिसकेका भट्ट अध्यक्ष बन्न सफल भएका हुन् ।

सन् २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो ।

को को भए बिजयी ?

खसेको १७८८ मतमध्ये भट्टले ११ सय १७ मत प्राप्त गरे भने गुरुङले मात्र ५ सय ८४ मत ल्याएकी छन् ।

त्यसै गरी २ जना निर्वाचित हुने उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छिन् ।

उपाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी दिएका तीनैजना पराजित भएका छन् । महासचिवमा डाक्टर बद्री केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन् ।

महिला संयोजकमा भूमादेबी लिम्बु निर्वाचित भएकी छिन् भने युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

त्यसै गरी युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।

ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।

20.12¡ÆC