पहिलो पटक भिडीयो कुराकानी मार्फत थुनुवाको म्याद थप

अशोज ३०, २०७४ मा प्रकाशित | 15167 views

बुटवल ।

न्यायिक सेवा तथा प्रहरीका कामकारवाहीलाइ छिटो छरीतो, प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन रुपन्देहीमा बिद्युतीय प्रत्यक्षिकरण (भिडीयो कन्फरन्स) मार्फत थुनुवाहरुको म्याद थप गर्ने कार्यको सुरुवात गरीएको छ ।

जिल्ला अदालतसंगको सहकार्यमा रुपन्देही प्रहरीले आजदेखि अत्याधुनिक प्रविधिको प्रयोग गर्दै भिडीयो कन्फरन्स मार्फत थुनुवाहरुको म्याद थप गर्ने प्रणालीको सुरुवात गरेको हो ।

नेपाल प्रहरीको केन्द्रिय कार्यक्रम अन्तर्गत देशमै पहिलो पटक रुपन्देहीबाट हिरासतमा राखिएका थुनुवाहरुलाइ जिल्ला अदालतका न्ययधिस समक्ष भिडीयो कन्सफरन्स (बिद्युतीय प्रत्यक्षिकरण) मार्फतनै उपस्थित गराइ उनीहरुको म्याद थप गर्न सकिने कार्यको सुरुवात गरीएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

यो प्रणालीमा थुनुवाहरुलाइ म्याद थपकालागि अनलाइन भिडियो कल मार्फत अदालतका न्यायधिश समक्ष उपस्थित गराइन्छ । अनलाइन भिडीयो कलमार्फतनै न्यायधिशले आवश्यक सोधपुछ गर्न सक्नेछन ।

आज एक कार्यक्रमका बिच जिल्ला अदालत रुपन्देहीका न्यायधिश नरिश्वर भण्डारीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लागु औषध मुद्याका ५ जना र चेलीबेटी ओसार पसार मुद्याका एक गरी ६ बन्दिको भिडीयो कन्फरेन्स अर्थात बिद्युतीय प्रत्यक्षिकरण प्रक्रिया मार्फतनै म्याद थप गरी बिद्युतीय प्रत्यक्षिकरण प्रणालीको सुभारम्भ गर्नुभयो ।

यो प्रणाली नेपालमै पहिलो पटक रुपन्देही प्रहरीले सुभारम्भ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक  डिल्लीनारायण पाण्डेले बताउनु भयो । थुनुवाहरुलाइ म्याद थपकालागि अदालत सम्मै लैजानु पर्दा जनशक्ति अभावका कारण बेलाबखत समस्या हुने, खर्चीलो र सुरक्षा चुनौती हुने समस्या भोग्दै आएको प्रहरीले यो प्रणाली लागुभएपछि ती समस्या हट्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web