अहिले नै सरकारको नेतृत्व गर्ने चाहना छैनः प्रचण्ड

जेष्ठ २२, २०७३ मा प्रकाशित | 728 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले अहिले नै सरकारको नेतृत्व गर्ने इच्छा आफूलाई नभएको बताएका छन् । सरकारको नेतृत्व गर्ने इच्छा जाहेर गरेको भए कांग्रेस र मधेसी दलहरुले समर्थन गरेकै बेला आफू प्रधानमन्त्री भइसक्ने अवस्था आउँदा पनि राष्ट्रिय हितका लागि एमालेकै सरकारका लाई समर्थन गरेको प्रचण्डले बताएको आजको अन्नपूर्णमा समाचार छ ।&nbsp;</span><span style="line-height: 1.42857143;">माओवादी केन्द्र दोलखाको चौंथो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको स्पस्ट पारे । सरकार गम्भीर संकटमा परेका बेला सरकार परिवर्तन गरी बहुमतीय सरकार गठन गर्नुको कुनै ओचित्य नभएका कारण आफू प्रधानमन्त्री बन्नबाट पछि हटेको प्रचण्डले बताए ।&nbsp;</span><span style="line-height: 1.42857143;">एमालेसँग भएको नौबुँदे सहमतिमा बजेट सार्वजनिक भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको भन्दै घुमाउरो भाषामा दाहालले एमालेलाई सहमति नभुल्न आग्रह गरे ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web