लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र छाडे

अशोज २७, २०७४ मा प्रकाशित | 1122 views

काठमाडौं ।

नेकपा एमालेको सुर्य चुनाव चिन्हमा चुनाव लड्ने पार्टी निर्णयको बिरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।

माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् ।

हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको भन्दै उनले आफू सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेको बताए ।

विष्टले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।

यस्तै पछिल्लो समय एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परितयागको सहायक कारण भएको विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web