ओमन ।

सात महिनादेखी हराइरहेका भनिएका दुई नेपाली चेली ओमनमा बेचिएको अवस्थामा भेटिएका छन् ।

धरानका दुई चेली सात महिना अगाडिदेखि हराइरहेका थिए । दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ ।

धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भइ धरान १५ मा डेरा गरी बस्ने यममाया लिम्बुलाई दलालले विक्री गरेको थाहा भएको हो। उनीहरुलाई मोरङ उर्लावारीकी सीता भन्ने विष्णुमाया श्रेष्ठ र दुबईमा रहेकी उनकै छोरी लीना श्रेष्ठले विक्री गरेको पीडित परिवारको आरोप छ।

विष्णुमायाले सुरुमा धरान आएर पम्फा र यममायालाई ललाइ९फकाई गरी छोरी लीनासंग सम्पर्क गराएर ओमनमा लगेर विक्री गरेको पम्फाकी आमा टीकामाया गुरुङले बताएकी छिन्। गत चैत महिनामा छोरी हराएपछि खोजी गर्दै जाँदा उर्लावारीकी विष्णुमाया र उनकी छोरी लीनाले ओमनमा लगेर विक्री गरेको चाल पाएको उनको आरोप छ ।

परिवारका सदस्यलाई समेत थाहा नदिइ राम्रो रोजगारी लगाइदिने भन्दै विष्ण्मुमायाले ललाई फकाई दुबईमा छोरीको सम्पर्कमा पुर्याएर ओमनमा विक्री गरेको टिकामायाले बताइन्। उनले ओमनमा पुर्याएका दुबै जनालाई साहुले दैनिक मानसिक, शारीरिक याताना दिएर यौन दुर्व्यवहार गर्ने गरेको छोरीले फोन गरेर आफूलाई सुनाएको बताइन् ।

फम्फाले घर जाने माग गरेपछि साहुले हात काटेर रगताम्मे बनाएको हातको फोटोसमेत फेसबुकको म्यासेन्जरमा पठाएको पनि टिकामायाले बताएकी छिन्। साहुसंग घर जान्छौ भन्दा दुबै जनालाई ५९५ लाख रुपैयाँमा किनेर ल्याएको बताएपछि आफूहरु बेचिएको चाल पाएको पम्फालाई उदृत गर्दै उनले बताएकी छिन्।

हराएकी छोरी बेचिएको खवर थाहा पाए पछि पीडक विष्णुमाया र लीनालाई पक्राउ गरी कारवाही र छोरीलाई सकुशल घर फर्काउनका लागि दुबै जनाका परिवारले इलाका प्रहरी कार्यालय धरान र माईती नेपालको इटहरीस्थित सम्पर्क कार्यालयमा उजुरी दिएको अन्नपूर्णमा खबर छ । धरानकी महिला अधिकारकर्मी विमला भट्टराईले बेचिएका दुई जना चेलीहरुलाई सकुशल घर फर्काइदिन र पीडक आमा छोरीलाई कडा कारवाही गर्न माग गरेकी अन्नपूर्णमा खवर प्रकाशित छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले दुई जना चेली बेचिएको विषयमा अनुसन्धान भैरहेको बताएका छन् । उनले पीडित परिवारले दिएको उजुरीका आधारमा पीडक पक्षलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए। दलालहरुले धरानको अति–गरिव सुकुम्वासी बस्तीमा गएर राम्रो रोजगारी लगाइदिने भन्दै महिला तथा किशोरीलाई भारत, ओमन, साउदी, कतारलगायतका मुलुकहरुमा विक्री गर्ने गरेका छन्। दलालहरुले यस अगाडि पनि धरानका दर्जन बढी महिलालाई विक्री गरेको प्रहरीमा उजुरी परेपछि उनीहरुको उद्धार गरिएको थियो।

19.12¡ÆC