काठमाडौं ।

काठमाण्डौबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बाँकेको लौकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ बर्षिया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ बर्षिय रविन्द्र पाण्डे रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

अर्का मृतक पुरुषको भने सनाखत हुन सकेको छैन ।

घटनामा घाईते भएका १० जना अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस आज विहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको थियो ।

25.12¡ÆC