नेपाल प्रहरीले सार्वजनिक खरिद ऐन छलेर शान्ति मिसनका लागि चार थान आर्म्ड पर्सनल क्यारियर (एपीसी) खरिद प्रक्रिया अघि बढाएको छ। कारोबार दैनिकमा समाचार छ।

चीनको नोरिन्को कम्पनीमार्फत सुडानस्थित एफपीयू मिसनमा एपीसी पुुर्याउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६४ बाहिर हुने गरी अनुमति माग्दै गृह मन्त्रालयमा पत्र पठाएको हो।

एपीसी खरिद गर्न नेपाल एजेन्ट उमेश श्रेष्ठमार्फत सिंगापुरको कम्पनीले १६ करोडको टेन्डर पाएको थियो। उक्त कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि सम्झौतामै उल्लेख उत्पादक कम्पनी नोरिन्कोमार्फत एलसी खोल्न प्रस्ताव गरिएको प्रहरीले जनाएको छ।

सिंगापुरको कम्पनीलार्य सुडानी बैंकले प्रतीतपत्र खोल्न अस्वीकार गरेपछि एक वर्षयता एपीसी खरिद हुन सकेको छैन। उक्त सम्झौता बदर नगरी प्रहरीले चिनियाँ कम्पनीमार्फत एलसी खोल्ने प्रस्ताव गृहमा पठाएको हो ।

20.12¡ÆC