काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

आयोगको हिजो बसेको बैठकले ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य ९ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

23.12¡ÆC