अमेरिकामा भएको भयानक गोली काण्डमा मृत्यु हुनेको संख्या ५८ पुग्यो, ५ सय बढी घाईते

अशोज १६, २०७४ मा प्रकाशित | 8931 views

एजेन्सी ।

३० हजार दर्शकले हेरिरहेको सांगितिक कार्यक्रममा एक अमेरिकीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ५८ नाघेको छ ।

सांगितिक कार्यक्रम भइरहेको स्थान नजिकको ३२ औं तल्लाबाट अन्धाधुन्ध गोली प्रहार हुँदा मारिनेको संख्या ५८ नाघेको र कम्तिमा ५ सय बढी घाईते भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको लास भेगसमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ ।

अमेरिकी अधिकारीहरुले सुरुमा प्रहरीले गोली हानेर उक्त बन्धुकधारीको हत्या गरेको बताएपछि प्रहरी उनको कोठामा पुग्नु अघिनै उनले आफुलाई गोली हानी प्राण त्यागेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी ईतिहाँसमै भयानक गोली काण्डको रुपमा चित्रित गरिएको यस घटनामा अर्का एक महिला पनि संलग्न भएको ठानिएको छ ।

उक्त बन्दुकधारीसँग एक जना महिलापनि केही समय अघिसम्म सँगै रहेको र उनको पहिचान नखुलेको तर हुलियाका आधारमा व्यापक खोजि थालेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

अलजजिरा अनलाईनका अनुसार घाइतेहरुको उपचारका क्रममा रगतको कमि भएपछि सर्वसाधारणलाई रक्तदान गर्न स्थानिय प्रहरीले आग्रह गरेको छ ।

मृत्युहुनेको संख्या अझै बढ्न सक्ने भन्दै ६६ जना बढी गम्भिर अवस्थामा रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web