बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु

अशोज १०, २०७४ मा प्रकाशित | 1062 views

धुलिखेल ।

काभ्रेपलाञ्चोकको बनेपाबाट डाँडापारि गईरहेको बोलेरो जीप रोशी गाउँपालिकामा आज दूर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहान पौने ११ बजेतिर रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा बीस महिनाकी बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web