उत्तर कोरियाले युद्ध घोषणाको चेतावनी पछि अमेरिका हच्कियो

अशोज १०, २०७४ मा प्रकाशित | 7133 views

एजेन्सी ।

उत्तर कोरियाली नेताको आयु अब धेरै नरहेको भन्दै उत्तर कोरियाली नेता किम जोगं उनलाई धक्की दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विट पछि युद्ध भड्कीने उत्तरको चेतावनी पछि अमेरिका हच्किएको छ ।

ट्रम्पको धम्कीपूर्ण लेखाइपछि उत्तर कोरियाली बिदेश मन्त्रीले आफ्नो देशको आकाश भन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्ने बताएपछि अमेरिकाले संयमता पूर्वक प्रतिक्रिया दिएको छ ।

ह्वाइटहाउसकी प्रवक्ता सारा हकाबी स्याण्डर्सले वाशिङटनले युद्ध घोषणा गरेको भन्ने उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ हास्यास्पद भएको टिप्पणी गर्दै अमेरिकी युद्ध बिमान खसाल्ने उत्तरको घोषणाको भत्सर्ना गरेकी छिन् ।

उत्तर कोरियाली विदेश मन्त्री होले अमेरिकामै न्यू योर्क छोड्नु अघि सञ्चारकर्मीहरुसँग बोल्दै अमेरिकालाई चेतावनी दिंदै भनेका थिए सारा विश्वले स्पष्टसँग सम्झोस हाम्रो मुलुकमाथि युद्ध घोषणा पहिले अमेरिकाले गरेको हो ।

पत्रकारहरुको जिज्ञासाको प्रतिउत्तरमा उनले भने त्यसैले हामीमाथि त्यसको प्रतिकार गर्ने अधिकार छ । त्यसमा हाम्रो आकाश क्षेत्रबाहिर भएपनि अमेरिकी रणनीतिक बमवर्षकहरु गोली हानेर खसाल्न पनि पर्छ ।

उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकामै रहेर यस्तो चेतावनी र आवेशपूर्ण अभिव्यक्ति दिएपछि दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ ह्वाले अमेरिकालाई थप तनाव नबढाउन आग्रह गरेकी छन् ।

कोरियाली प्रायद्धिपमा बम बर्षक बिमान, युद्धपोत पठाउने तथा युद्ध भड्काउने अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगातार दिइरहँदा कोरियाली प्रायद्धिपमा बिवाद थप चुलिंदै गएको छ ।

युद्धको अवस्था आएमा उत्तर कोरियासँगै दक्षिण कोरिया र जापानमा यसको सबैभन्दा बढी असर पर्ने तथा चीन हुँदै रुस र अमेरिकी संलग्नताले तेस्रो विश्व युद्ध हुनसक्ने त्रास बढीरहँदा उत्तर कोरियाले युद्धको घोषणा अमेरिकाले गरिसकेको बताएपछि अमेरिकी मिडियाहरुले यसलाई बढी महत्वका साथ युद्ध भड्कीने गतिविधि गर्न नहुने बताउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web