काठमाडौं ।

नेपालको १८ र १६ वर्ष मुनि उमेर समूहका राष्ट्रिय फुटबल टोली आज भएका खेलमा पराजित भएका छन् ।

भुटाको थिम्पुमा भएको १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगितामा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले १ मात्र गोल खेलको ८७ औँ मिनेटमा पेनाल्टी मार्पmत खाएको थियो । नेपालको अर्को खेल माल्दिभ्स्सँग शुक्रबार हुनेछ ।

भुटानले नेपाललाई कुनै पनि उमेर समूह या राष्ट्रिय स्तरका प्रतियोगितामा पहिलो पटक पराजित गरेको हो ।

यसैगरी भुटानले उमेर समूहको प्रतियोगिता पनि पहिलो पटक आयोजना गरेको हो ।

प्रतियोगितामा पूर्व विजेता नेपालसहित आयोजक भुटान, माल्दिभ्स्, बंगलादेश र भारत रहेका छन् ।

यसैगरी, काठमाडौँमा भएको १६ वर्ष मुनि उमेर समूहको ए एफ सी फुटबल प्रतियोगितामा नेपाल पहिलो खेलमा पराजित भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको दोश्रो खेलमा नेपाल ईराकसँग ० का विरुद्ध १ गोलले पराजित भएको थियो ।

पुरै खेल अवधिभर दबाबमा रहेको नेपालले ६८ औँ मिनेटमा गोलकिप्पर र डिफेन्सबीच तालमेल गुमाउन पुग्दा गोल खाएको थियो ।

नेपालको दोश्रो खेल भारतसँग शुक्रबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत यसअघि बुधबार हलचोकमै भएको पहिलो खेलमा भारतले पेलेस्टाईनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

१६ वर्ष मुनि उमेर समूहको ए एफ सी फुटबल प्रतियोगिताको समूह डी मा नेपाल, प्यालेस्टाईन, भारत र ईराक रहेका छन् ।

18.12¡ÆC