‘दशैं तिहारको नाममा चियापान गरे कडा कारवाही’

अशोज ३, २०७४ मा प्रकाशित | 932 views

काठमाडौं ।

दलहरुले दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्व लक्षित चियापन आयोजना गर्न नपाउने भएका छन् ।

चियापानका नाममा बर्षेनी दशौं लाख खर्च गर्दै तडकभडक गर्दै आएका दलहरुलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा कार्यक्रम गरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेकाले चियापान वा जलपान कार्यक्रम गर्न पाइने छैन ।

‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिकामाथि बहस’ कार्यक्रमलाई मंगलबार राजधानीमा सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापान गर्न दिँदैनौं ।’

अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ । नेपाली कांग्रेसले मंगलबारमात्रै विज्ञप्ति निकालेर दशैंको कोजाग्रत पूर्णिमाको दिन ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम गर्ने घोषणा गरेको छ । एमाले, माओवादी केन्द्र लगायत दलहरुले पनि दशैं, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गर्दै आएका छन् ।

मंसिर १० गतेको पहिलो चरणको निर्वाचनको संघारमा गरिने चियापान कार्यक्रमले चुनावको गन्ध आउने भन्दै प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अघि यस्तो कार्यक्रम कसैले गरे कडा कारवाही गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web