धनकुटा ।

काठमाडौको डिभाइन ब्वाइज युनियन क्लबले १३ औं संस्करणको सहिद भीमनारायण श्रेष्ठ अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि जितेको छ। शनिबार फाइनलमा झापाको विर्तामोड युनाइटेड क्लबलाई ट्राइबेकरमा ३(२ गोल अन्तरले हराउँदै डिभाइन ब्वाइज युनियन क्लबले जितेको हो ।

डिभाइन ब्वाइज युनियन क्लबका प्रशिक्षक सुजन तन्दुकारलेले उपाधि जित्न पाउँदा एकदमै खुसी लागेको बताए । उनले भने, ‘राम्रो टिमवर्क र जोशका साथ खेलेकाले इतिहास कायम गर्न सफल भयौं।’ डिभाइन ब्वाइज युनियन क्लबले गोल्डकप सहित नगद १ लाख रुपैयाँ जितेको छ भने र विर्तामोड युनाइटेड क्लबले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

खेलको पहिलो हाफमा दुवै टीमबाट कुनै पनि गोल नभएपनि दोस्रो हाफको पाँचौ मिनेटमा डिभाइन ब्वाइज युनियनका अभिषेक लिम्बूले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए तर, खेलको ३१ औं र ३२ औं मिनेटमा विर्तामोड युनाइटेडका कर्ण लिम्बूले लगातार गोल गर्दै टीमलाई २/१ को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफकै ३५ औं मिनेटमा विर्तामोड युनाइटेडका खेलाडीले डिभाइन ब्वाइज युनियनका नाइजेरियन खेलाडी अबुवाकोनलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डिभाइन ब्वाइज युनियन असिक थापा मगरले गोल गर्दै खेल २/२ को बराबरीमा पुर्याए र त्यसपछि डिभाइन ब्वाइज युनियन क्लबका नाइजेरियन खेलाडी मेडोले गरेको प्रहारलाई विर्तामोड युनाइटेडका गोलकीपर दिनेश थापा मगरले उत्कृष्ट बचाउ गरे भने डिभाइन ब्वाइज युनियन कै अर्का नाइजेरियन खेलाडी डिजीब्रिलले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो र निर्धा्रित समयमा गोल थप गोल हुन सकेन र खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा विर्तामोड युनाइटेडका सुमिन निरौला र योगेश गुरुङले गोल गरे भने कर्ण लिम्बू र रभि थापा मगरको प्रहार डिभाइन ब्वाइज युनियनका गोलकिपर सागर रायाले रोकेका थिए र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो ।

त्यस्तै डिभाइन ब्वाइज युनियनका जय गुरुङ, अभिषेक थापा मगर र सेन्डिट गुरुङले गोल गरे भने रुपेश केसी र नाइजेरियन खेलाडी मार्टिन्सले गरेको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ द म्याच विर्तामोड युनाइटेडका बुद्ध चेम्जोङ घोषित भए र उनले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार डिभाइन ब्वाइज युनियनका नाइजेरियन खेलाडी कोनेले प्राप्त गरे । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत धनकुटेली पत्रकारहरु हरिबहादुर लम्जेल र रविन कट्टेल पुरस्कृत भए । उनीहरूले जनही नगद दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडी तथा पुरस्कृत व्यक्तिहरुलाई सहिद भीमनारायण पत्नी लक्ष्मी श्रेष्ठ, एन्फाका सदस्य अशोक भगत श्रेष्ठ, सहिदपुत्र एवम् सभासद मनोहर नारायण श्रेष्ठलगायतले पुरस्कृत गरे।

नेपाली कांग्रेशका नेता शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ । शहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा २०३३ सालमा पक्राउ गरि २०३५ साल माघ ६ गते तत्कालिन पञ्चायती सरकारले गोली हानी हत्या गरीएको थियो । सरकारले श्रेष्ठलाई करिब एक वर्षअधि मात्रै राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

21.12¡ÆC