<p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">साइबर सुरक्षा विज्ञहरुको एक समूहले एउटा भयानक साइबर हमलाको खुलासा गरेको छ । उक्त समूहका अनुसार साइबर हमलाका कारण भएको डाटा लिकबाट ७० करोड भन्दा धेरै इमेल ठेगाना, पासवर्ड तथा फोन नम्बर एक गलत रुपमा कन्फिग्योरेसन गरिएको स्पाम बोटको सहायताले अनलाइनमा लिक गरिएको छ</p><p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">पेरिसका शोधकर्ता बेनकोवले ७१ करोडभन्दा धेरै इमेल ठेगानावाला एक स्पाम देखे । उनले अनलाइनर नामधारी स्माप बोट देखे जसले इमेल प्राप्त गर्ने कम्प्युटरका बारेमा जानकारी एकत्रित गर्नका लागि स्पाम इमेलमा पिक्सेल आकारको तस्वीरको उपयोग गर्दछ । यसमार्फत भएको डाटा लिक निकै भयानक भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।</p><p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">एकैचोटी यतिधेरै डाटा लिक भएको घटना यो पहिलो भएको उनीहरुको भनाइ छ । पछिल्लोपटक साइबर हमलाको सिकारमा विश्वभरका हरेक उमेर समूहका इमेल प्रयोगकर्ता रहेका बताइएको छ ।</p>
20.71¡ÆC