असोज २ स्थानिय चुनावको तयारी सकियो, मतदाता परिचयपत्र भदौ ३० बाट बाँडिने

भदौ २८, २०७४ मा प्रकाशित | 849 views

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभएको छ ।

काठमाडौंमा साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले २ नम्बर प्रदेशका जनताहरु उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनेमा निर्वाचन आयोग विश्वस्त रहेको बताउनुभयो ।

उहाँले आयोगको सक्रियताका कारण निर्वाचन आचार संहिताको उल्लंघनमा कमी आएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता परिचय पत्रको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोग पूणत सचेत रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्तबाट आचार संहिता पालनामा जोड

आजै निर्वाचन पर्यवेक्षकसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरु नियन्त्रण गर्न निर्वाचन आयोगले सम्पूर्ण संयन्त्र परिचालन गरेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारलाई दिनहुँजसो चेतावनी दिएपनि आचार संहिताको पालनाका विषयमा प्रश्न उठिरहेको बताउनुभयो ।

मतदाता परिचयपत्र भदौ ३० बाट दिइने

निर्वाचन आयोगले तेश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रूपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि ३ हजार ५ सयभन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी १ हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

आचार संहिता पूर्ण पालना गर्न–गराउन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीतका क्रियाकलापहरु तत्काल रोकी निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न–गराउन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आज नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण  पालना गर्न–गराउन आग्रह गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web