<p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">काठमाडौं । शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको माया छ’ । शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो । २० वर्षे गायनयात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी उनको यो कौशल पहिलो गीतबाटै दर्शक श्रोताले महसुस गरे । आमाको हात समाउँदै मञ्चमा प्रवेश गरेकी अञ्जु नीलो र सेतो ‘कम्बिनेसन’को सारीमा खुलेकी थिइन् । मञ्च पनि सेतो र नीलो रङको संयोजनमा आकर्षक देखिएको थियो ।</p><p style="margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word; text-align: justify;">मञ्चमा उनको आगमनसँगै भरिभराउ हलमा गुञ्जिएको तालीको गडगडाहट उनको पहिलो प्रस्तुतिपछि पनि उत्तिकै जोशिलो थियो । संगीतयात्रामा उनलाई स्थापित गर्न र संगीत क्षेत्रमा टिकाइरहन सघाएका गीतहरू शनिबारको साँझ प्रज्ञाप्रतिष्ठानको हलमा प्रस्तुत भए । गीतसँगै जीवनयात्राका अनुभूति सुनाउँदै अञ्जुले भनिन्, ‘जति उतारचढाव आए पनि मेरो लागि संगीतयात्रा एकदमै स्वर्णिम भयो ।’</p><p style="text-align: justify; margin-bottom: 1.6em; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 14px; line-height: 1.7em; font-family: "Open Sans", sans-serif; vertical-align: baseline; word-break: break-word; word-wrap: break-word;">साँझमा ‘कसले चोर्यो मेरो मन’ उनको दोस्रो प्रस्तुति थियो । ‘एक पल पनि तिमीबिना बाँच्न सक्दिनँ’ तेस्रो प्रस्तुति । यो गीतसँग उनको जीवनको महत्वपूर्ण याद जोडिएको रहेछ । संगीतकर्मी फत्तेमान राजभण्डारीको एकल साँझमा उनलाई साथ दिन अञ्जु चुनिएकी रहिछन् । त्यति बेला संगीतकार रञ्जित गजमेरको मनमा अञ्जुको स्वर गड्यो । दुई महिनाकी सुत्केरी अञ्जुको घरमै गएर रञ्जितले यो गीत अभ्यास गराएका रहेछन् । ‘यो गीतसँग मेरो भावनात्मक सम्बन्ध छ, रञ्जित गजमेरप्रति समर्पण गर्न चाहन्छु’, अञ्जुले भनिन् । फत्तेमानकै अर्को गीत ‘यस्तो पनि हुँदो रैछ’ पनि उनलाई समर्पण गर्दै अञ्जुले गाइन् ।</p>
15.51¡ÆC