पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद,पेन्सन माग्ने सांसद् नै उपसमितिमा

भदौ २७, २०७४ मा प्रकाशित | 653 views

काठमाडौं। पूर्वसांसद्लाई पेन्सन दिने प्रस्तावमा संसदको राज्य व्यवस्था समितिमा विवाद भएको छ । सांसदबीच विवाद चुलिएपछि समस्या समाधान गर्न समितिले उपसमिति गठन गरेको छ ।

कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् ।

कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दे आएको बताइन् । कांग्रेसकै अर्जुनप्रसाद जोशीले पूर्वसांसदलाई मर्यादाक्रम निर्धारण गरी सुबिधा उपलब्ध गराउनुपर्ने बताए । एमालेका मानप्रसाद खत्रीले सांसदको मर्यादाक्रम निर्धारण गरी पेन्सन दिनुपर्ने बताएका थिए ।

एमालेका गंगालाल तुलाधरले पूर्वसांसदलाई पेन्सन दिने विषय सोचनीय भएकाले अहिल्यै निर्णय गर्न नहुने बताए ।

पूर्वपदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा पूर्वसांसदलाई पेन्सन दिनुपर्ने माग गर्ने सांसदहरुलाई राखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web