नुवाकोट गुरुङगाउँ बस दुर्घटनामा ६ जनाको निधन, ३० घाइते (फोटो फिचर/भिडियो)

भदौ २४, २०७४ मा प्रकाशित | 2059 views

प्रमिला सुनार-बिदुर/नुवाकोट ।
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।

काठमाण्डौंबाट नुवाकोटको तादी गाउपालिकाको खरानीटारतर्फ आउदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रुबाहक बस शिवपुरी गाउपालिका वडा नम्बर ७ सुनखानीको थानाभञ्याङ भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमा ३ जना, काठमाडौको ग्रिनसिटि अस्पतालमा ३ जना र विपी स्मृति अस्पतालमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा मृत्यु हुनेमा तादी गाँउपालिका वडा नम्बर ५ का ४५ बर्षिय लक्ष्मी न्यौपाने, ६७ बर्षिय ठुलीमाया तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ जफतिका २१ बर्षिय शशि बोगटी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकर जंग बिष्टले जानकारी दिनुभएको छ ।

यसैगरी, उपचारको क्रममा काठमाडौको ग्रिनसिटि अस्पतालमा लालबहादुर तामाङ र उजेली मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौकै विपि स्मृति अस्पतालमा सविना तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते हुनेमा ३२ बर्षिय शेरबहादुर तमाङ, २० बर्षिय रामशरण खतिवडा, २२ बर्षिय रमेश केसी, ४७ बर्षिय अञ्जु तामाङ, १६ बर्षिय दिक्षा घिमिरे, १८ बर्षिय मनिष डंगोल, १९ बर्षिय सरस्वती थिङ, ५० बर्षिय कान्छी मिजार, ७ बर्षिय बालकहरु करण तिवारी, विनारा पण्डित रहेका छन् । उनीहरुको काठमाडौ स्थित ग्रिनसिटि अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै घाईते हुनेमा २९ बर्षिय सिता पण्डित, ३५ बर्षिय गिता खनाल, ३१ बर्षिय सितामाया तामाङ, १४ बर्षिय रामेश्वर मुखिया, २४ बर्षिय  शर्मिला राई, ३५ बर्षिय भोजबहादुर तामाङ, १७ बर्षिय कविता तामाङ, ४८ बर्षिय गोविन्द श्रेष्ठ, १४ बर्षिय सानोबाबु तामाङ र ११ महिने बालक खुर्पेन तामाङ, ४७ बर्षिय यमशोभा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौको माछापोखरीबाट बिहान ९.३० बजे तादी गाँउपालिकाको खरानीटारको लागी छुटेको बस शिवपुरी गाँउपालिकाको वडा नम्बर ७ सुनखानीको थानाभञ्ज्याङमा बिहान ११ बजे दुर्घटना भएको प्रतक्ष्यदर्शी स्थानिय शिव गुणीले जानकारी दिनुभएको छ ।

थानाभञ्ज्याङको घुम्तीमा भएको दुर्घटनामा बस सडकबाट ४ सय मिटर तल खस्न पुगि झिल्के भनिने अनिल तामाङको घरको माथी अड्किएको थियो । दुर्घटना भएको बसको ठक्करले घर भत्किदा अनिल तामाङको श्रीमती डम्फी भनिने सिता तामाङको  काठमाडौमा उपचार भैरहेको छ ।

बैकल्पिक तथा नयाँ रुटका रुपमा हालै संञ्चालनमा ल्याईएको त्रिशुली-काठमाण्डौं मार्गको त्रिशुली-छहरे-टोखा सडकमार्ग अन्तर्गत नुवाकोट-काठमाण्डौं सीमानजिकै थानाभञ्ज्याङमा उक्त बस दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाईते भएकाहरुलाई स्थानीयबासी र शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेना, श्रीनाथ गण देविघाटबाट खटिएको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीद्धारा उद्धारगरी उपचारका लागि काठमाडौ लगिएको थियो ।

घटनास्थलमा मृत्यु भएका तादी गाँउपालिका वडा नम्बर ५ का ४५ बर्षिय लक्ष्मी न्यौपाने, ६७ बर्षिय ठुलीमाया तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ जफतिका २१ बर्षिय शशि बोगटीको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल त्रिशुलिमा लगिएको प्रहरी नायव उपरिक्षक डिएसपि मधुकर जंग बिष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web