भारतमा सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु, तीनको पहिचान खुल्यो

भदौ २४, २०७४ मा प्रकाशित | 1246 views

बुटवल ।

नेपाल भारत सीमा क्षेत्र सुनौलीदेखि करिव ३५ किलोमिटर टाढा भारतको महाराजगञ्जको देवपुरमा हिजो भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जना नेपाली मध्ये ३ जनाको मात्रै सनाखद  भएको छ ।

गोरखपुरबाट सुनौली तर्फ आउदै गरेको भारतमा काम गरेर घर फर्कदै गरेका नेपाली सवार जीप र नौतन्नवाबाट गोरखपुर तर्फ जादै गरेको ट्यांकर एक्कासी ठक्कर खाई भएको दुर्घटनामा ७ नेपाली र जीप चालक भारतीय नागरीकको मृत्यु भएको थियो ।

मृतक मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १७ का ३० बर्षिय जुखई थारु र २४ बर्षिय उमेश चौधरी तथा ओखलढुगांको साबिकको उगु गाबिस वडा नम्वर ३ का अन्दाजी ६० बर्षिय जगत बहादुर अघिलिको मात्रै सनाखद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

अन्यको शव क्षत बिक्षत अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web