नेपालगन्ज । नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै जुम्लाको हुमा गाउँपालिका–६ की ५६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला विमानस्थलले भने विमान ल्याण्ड भइसके पछि मात्रै मृत्यु भएको थाहा भएको जनाएको छ ।

मृतकको शव आफन्तले बुझेर लगिसकेको जुम्ला विमानस्थलले जनाएको छ ।

20.87¡ÆC