दसैंको मुखमा यातायात व्यावसायीको दादागिरी, भाडा नबढे अग्रिम टिकट बुकिङ नगर्ने धम्की

भदौ २०, २०७४ मा प्रकाशित | 1040 views

काठमाडौं, भदौ २० । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ।

यातायात व्यवस्था विभाग र महासङ्घबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले जनाएको छ। विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए।

व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ, वैज्ञानिक भाडादर बनाउ भनेका छौँ, विभागले भाडा निर्धारण समिति बनाएर काम गरिसकेको पनि छ तर किन निर्णय गर्दैन रु’ विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ।

विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ। यातायात महासङ्घका दुई वटा मागहरू छन्, जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो। यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए।

उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं। ’’

तर भाडा समायोजन नगरिंदा तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरू तयार छैनन्। यदि आफूहरूका मागहरू सरकारले बेवास्ता गरे स्वतः अग्रिम टिकट बुकिङ खुला गर्न ढिला हुने महासङ्घले जनाएको छ।

महासङ्घका अध्यक्ष खनाल भन्छन्, ‘यदि भाडा समायोजन भएन र क्यारियर राख्न पाइँदैन भने सरकारले भनेअनुसार अग्रिम टिकट बुकिङ खुला गर्न सकिंदैन, नैतिकताका आधारमा हामीले खुलाउनु आफ्नो ठाउँमा छँदैछ। ’ विभाग भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीको थियो तर महासङ्घले अस्वीकार गरेपछि दसैँका लागि अग्रिम टिकट बुकिङ हुने दिन अन्योलमै छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web