कालीकोट ।

शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कालिकोटका धेरै विद्यार्थीहरुले विद्यालयमा अभैm पाठ्यपुस्तक पुग्न नसकेको गुनासो गरेका छन् ।

जिल्लाका ५० प्रतिसत बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपनि पाठ्य पुस्तक नपुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

एसइइ परीक्षाको तयारीमा रहेका कालिकोटका कतिपय विद्यार्थीको हातमा पाठ्यपुस्तक नभएको गुनासोपछि नागरिक समाज कालिकोटले त्यसबारे सम्बन्धित निकायमा आवाज उठाएको समाजका दमनराज बमले बताउनुभयो ।

16.6¡ÆC