<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">महोत्तरी । मधेसको मुद्दा सम्बोधन नहुन्जेल सम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतैपनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भएपनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">एक अर्को प्रसंगमा उनले ‘उच्चतहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन’–भने ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">त्यस अवसरमा नेपाली कांग्रेसका पूर्वगाविस अध्यक्ष महेन्द्र यादवसहित अन्य पार्टी परित्याग गरेका करिब ५०० कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
17.17¡ÆC