<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई बिरालोको संज्ञा दिएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">शुक्रबार पोखरामा गरिएको कार्यक्रममा उनले देशमा पार्टी भनेको नेपाली कांग्रेस र एमालेमात्रै भएको जिकिर गरे । उनले भने–‘अरु पार्टी तराजुमा राख्ने ढक हुन् ।’
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रदेश नम्बर–२ मा असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिएपनि एमाले पहिलो पार्टी नै बन्ने भन्दै उनले एमालेलाई हराउन चुनौती पनि दिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद र सातओटै प्रदेशसभामा पनि एमालेले बहुमत ल्याउने दाबी गरे ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">संघीय संसद र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले हुँदाहुँदै सरकारले दुई चरणमा निर्वाचन गर्न लागेकामा उनले आपत्ति जनाए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">‘दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत हो’–उनले भने ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत पनि गरिएको थियो ।
15.75¡ÆC