प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो – ओली

भदौ ९, २०७४ मा प्रकाशित | 1081 views

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो— “प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पु¥याएको छ ।”

बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो ।

एमालेले बाढीपहिरो र डुबानपीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलबबापत जम्मा भएको करिब रु एक करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको जानकारीसमेत अध्यक्ष ओलीले दिनुभयो ।

अध्यक्ष ओलीलाई बिदाइ गर्न उपाध्यक्ष वामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web