आइएसको आक्रमणमा ३४ जना सिरियाली सैनिकको मृत्यु

भदौ ९, २०७४ मा प्रकाशित | 5357 views

बेरुत । सिरियाको रक्का प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन् ।

रक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका 'सिरियन अब्जरभेटरी फर ह्युमान राइट्स'ले जनाएको छ ।

यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान शहरको बाहिरी इलाकामा पुगेका थिए । रक्का प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो ।

आइएस आतंककारी समूहले मदान शहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए ।

रसियाको समर्थनमा आइएस आतंककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी रक्का सहरमा भने छुट्टै लडाई जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web