काठमाडौं ।

प्रदेश र संघीय संसदको निर्वाचन आउँदो मंसिर १० गते हुने भएको छ । सरकारले एकैचरणमा प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गर्दै मिति घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेको हो । संविधान अनुसार माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बाध्यता सरकारसँग छ । अहिले स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको छ ।

स्थानीय तह अन्तर्गत प्रदेश न २ को निर्वाचन भने आउँदो असोज २ गते हुँदैछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका एजेण्डाहरुका विषयमा पनि छलफल भएको र दिर्घकालिन महत्वमा संम्झौता तत्काल नगर्नेबारे मन्त्रीहरुले सुझाव राखेको बताइएको छ ।

17.32¡ÆC