सातै प्रदेशमा खटाइयो एआइजी, डिआइजी नवराज सिलवाल सुरक्षा परिषद्मा

भदौ ५, २०७४ मा प्रकाशित | 1054 views

काठमाडौं – सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ। दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको छ।

जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिङमार लामा, ६ मा रणबहादुर चन्द र ७ मा विजयकुमार भट्टलाई पठाइएको छ। पाँच क्षेत्रका डिआइजीलाई हटाएर प्रदेश कार्यलयमा सरुवा गरिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

त्यसैगरी महानगरीय प्रहरी कार्यलयको जिम्मेवारी एआइजी जयबहादुर चन्दलाई दिइएको छ। पहिलो नम्बरमा एआइजी बढुवा भएका बमबहादुर भण्डारीलाई मुख्यालयमा राखिएको छ। त्यस्तै, देवेन्द्र सुवेदीलाई प्रहरी एकेडेमी, माधव जोशीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

बढुवा भएको १७ दिनपछि एआइजीहरुको पदस्थापन गरिएको हो। त्यसैगरी १५ डिआइजीको पनि सरुवा र पदस्थापन भएको छ। नवराज सिलवाललाई सुरक्षा परिषद्, पुष्कर कार्कीलाई सिआइबी, सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखा, रमेश खरेललाई ट्राफिक निर्देशनालय, उत्तम कार्कीलाई अख्तियार, भोगबहादुर थापालाई प्रदेश नं ३ प्रहरी कार्यालय, पुष्कलराज रेग्मीलाई महिला तथा बालबालिका सेवा निर्देशनालय, छविलाल जोशीलाई प्रहरी एकेडेमी, मनोज न्यौपानेलाई महानिरीक्षकको सचिवालय, ज्ञानविक्रम शाहलाई प्रदेश नं. १ प्रहरी कार्यालय, ठुले राईलाई लागुऔषध नियन्त्रण ब्युरो, शरद चन्द प्रदेश नं. ७, धीरु बस्नेत अपराध अनुसन्धान, पुष्पचन्द्र रञ्जित प्रदेश नं. ४, सुरेशविक्रम शाह प्रंदेश नं. ६, गणेश केसी महानगरीय प्रहरी कार्यालय, रमेश भट्टराई मानवस्रोत विकास विभाग, मधु पुडासैनीलाई कार्यविभाग र केदारमानसिंह भण्डारी जुनियर प्रहरी एकेडेमी भरतपुर पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web