काठमाडौं ।

आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व मनाईंदैछ । हिन्दुहरुले वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याउने धार्मिक प्रचलन रहि आएकोछ ।

आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने विश्वास छ । यस्तै आज बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने गरिन्छ ।

बुवाको मुखहेर्ने दिनको रुपमा आज बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने गर्दछन् ।

आजनै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । विक्रम सम्बत् १९२३ साल भाद्र कुशे औंशीका जन्मनुभएका मोतीराम भट्टको निधन १९५३ साल भाद्र कुशे औंसीकै दिन भएको थियो ।

मोतीराम भट्ट माध्यमिककालिन नेपाली साहित्य र श्रृङ्गारिक धाराका प्रबर्तक मानिनुहुन्छ । भट्टलाई नेपाली श्रृङ्गारिक गजलका महानायक पनि भनिन्छ ।

कविता, गीत, गजल, नाटक आदि मार्फत नेपाली वाङमयको विकाशमा ठूलो योगदान पुर्याउनुभएका भट्टलाई आदिकवि भानुभक्त आचार्यलाई चिनाउने श्रेय पनि मातीराम भट्टलाईनै दिने गरिन्छ ।

16.73¡ÆC