बाढी र डुवानबाट बचेका झाडा र ज्वरोले थलिन थाले, सरकार संविधान संशोधन र मन्त्री थप्न व्यस्त

भदौ ४, २०७४ मा प्रकाशित | 808 views

बीरगञ्ज ।

बाढी र डुवानबाट प्रभावित बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर जिल्लाका विस्थापित परिवार राहत सामग्रीसहित आ–आफ्नो घर तथा गाउँमा पुर्नस्थापित भएका छन् ।

विद्यालय तथा सार्वजनिक भवनहरुमा बसेका बाढी तथा डुवानबाट प्रभावितहरु त्रिपाल सहित राहत सामग्री लिएर आ–आफनो स्थानमा फर्किएको अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ उपरिक्षक सुर्यप्रसाद उपाध्यायले बताउनु भयो ।

विशेष गरी वारा, पर्सा रौतहटमा डुवान सुक्दै गएपछि गाउँबाट विस्थापित भई विद्यालय मठमा आश्रय लिएकाहरु सतप्रतिशत आ–आप्mनो घर तथा गाउँमा फर्किएका र  प्रभावितहरुलाई घर घरमै राहत पुर्याईएको प्रहरी वरिष्ठ उपरिक्षक उपाध्यायले जानकारी दिनुभयो ।

घर भत्किएर घरवार विहिन भएका पिडितहरु समेत अहिले आ–आफ्नो गाउँमा पुगेर सुरक्षित स्थानमा त्रिपाल टागेर अस्थायि रुपमा बसोवास गरेको समेत उपाध्ययले बताउनु भयो ।

हाल नारायण अंचलको बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाहरुमा राहत वितरण सँगसँगै सडकको पुर्ननिर्माण कार्यले समेत तिव्रता पाएको छ । प्रभावित क्षेत्रमा आज पनि विभिन्न सामाजिक संघ सस्था, औद्योगिक प्रतिष्ठान, राजनैतिक दलहरुले समेत राहत वितरण गरेका छन् ।

त्यसैगरी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सरकारी तथा निजी अस्पताल  र गैर सरकारी संघ संस्थाहरुले स्वास्थ्य शिविर, संचालन गरेको बरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले बताउनु भयो ।

बाढीपीडितलाई चौबीसै घण्टा सेवा गर्न निर्देशन ः मन्त्री पोखरेल

गौशाला ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा बाढीपीडितको सेवामा खटन निर्देशन दिनुभएको छ ।

बाढीबाट ४० हजार घरपरिवार प्रभावित महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उहाँले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिनुभएको हो ।

मन्त्री पोखरेलले जिल्लाका बाढी प्रभाबित ठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिनुभयो ।

मोरङ–राहत रकम प्रदान

मोरङ जिल्लामा बाढीका कारण मृत्युु भएका परिवारलाई सरकारले आज किरिया खर्चका लागी राहत रकम प्रदान गरेको छ ।

मृत्यु भएका पाँच परिवारलाई कृयाखर्च तथा राहत रकम वापत प्रतिपरिवार २५, हजार रुपैयाँ प्रदान गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले वताउनुुभयो ।

झाडापखालाका कारण एकको मृत्यु

कपिलवस्तु ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।

गाउंँमा दूषित पानीको माछा खाएको, दूषित पानी पिएको र अन्य सरसफाइको कमी भएका कारण झाडापखालाको प्रकोप देखिएको बताइएको छ ।

प्रभावितमध्ये सामान्य अवस्थामा रहेकाहरूलाई गाउँमै स्वास्थ्यकर्मीको टोली पठाइएको र अलि जटिल देखिएकाहरूको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका अन्य बाढी प्रभावित क्षेत्र र सरसफाइको कमी रहेका गाउँबस्तीमा प्रकोप फैलन सक्ने भएकाले पूर्वतयार रहन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

भाइरल ज्वरोले थलियो भेरी नदीपारीको बस्ती

सुर्खेत ।

सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका मानिस भाइरल ज्वरोले थलिएका छन् ।

भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका मानिस प्रभाबित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web