बाढी पहिरोबाट १३५ को मृत्यु

भदौ २, २०७४ मा प्रकाशित | 887 views

काठमाडौं ।

बाढीपहिराका कारण ३० जिल्ला प्रभावित भएको र हालसम्म १३५ जनाको मृत्यु भएको छ । त्यस्तै ३५ बेपत्ता र ४१ घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।  गृहमन्त्रीले रौतहटमा हराएका भनिएका पाँच जना घर फर्किएको तथा अन्य बेपत्ताको खोजी जारी रहेको जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित पूर्ण क्षति घर ७९ हजार ८१२ र आंशिक घर क्षति एक लाख चार हजार ४२५ भएको प्रारम्भिक विवरण मन्त्रालयलाई प्राप्त भएको छ ।

बाढी, डुबान प्रभावित जिल्लामा त्रिपाल ५३ हजार ४५५, झुल दुई ६४५, कम्बल दुई हजार २७२, मेट्रेस ५९२, झुल र भाँडाकुँडा एक हजार ८०५, चामल चार हजार ४६ क्विन्टल, पीठो पाँच हजार ४१८ किलो, दलहन १० हजार ६३५ किलो र चिउरा ६२ हजार ९७९ किलो वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाबाट ११ हजार ४००, नेपाल प्रहरीबाट आठ हजार २५१ र सशस्त्र प्रहरी बलबाट छ हजार ८५२ तालीमप्राप्त जनशक्ति र राष्ट्रसेवक कर्मचारी दुई हजार ५०० सहित २९ हजार तीन जना खोज तथा उद्धारमा प्रत्यक्ष खटिएका छन् । बाढी तथा डुबान प्रभावित जिल्लामा फसेका ४० हजार ५७८ व्यक्तिको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web