शासक झुके, जनता जुटे । भारतले सिमा मिचेर बनाएको बाँध सुस्तावासीले भत्काए

भदौ १, २०७४ मा प्रकाशित | 1510 views

नवलपरासी ।

सिमा अतिक्रमण गरेर भारतले बनाएको बाँधका कारण नेपाली भूमि डुवानमा परेपछि पिडित नेपालीहरुले भारतीय बाँध भत्काइदिएका छन् ।

भारतले सिमा अतिक्रमण गरेर बनाएको बाँधका कारण वर्षेनी नेपाली भूमि र वस्ती डुबानमा परिरहँदा स्थानियले सरकारलाई बाँध हटाउन पहल गर्न भनेपनि सरकारले अटेरी गरेपछि स्थानिय नागरिक आफैं जुटेर बाँध भत्काइदिएका हुन् ।

भारतले बनाएको बाँधका कारण पानीको निकास नभएपछि घरखेत डुबानमा परेका सुस्तावासीले एकजुट भएर आज बाँध आशिंक रुपमा भत्काएपनि नेपाल प्रहरीले भने उनिहरुलाई रोकका छन् ।

स्थानीयले बाँध भत्काउन लागेको सूचना पाएका नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख स्थानीयले खनिरहेको स्थानमा पुगेर अवरोध गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयले खेतको पानी नहरमा खसाल्न नहर नजिक खनेको भन्दै त्यसलाइ बाँध भत्काएको भन्न नमिल्ने जिकिर गरेका छन् ।

स्थानीयले बाँधका कारण पानीको बहाव रोकिएको र खेतिपातिमा समेत असर गरेपछि बाध्य भएर पानीको निकास खोजेको बताए ।

केही दिन अघि देखि परेको पानीपछि आएको बाढीका कारण जनधनको क्षति भएको र भारतले लगाएको बाँधका कारण पानी रोकिएको भन्दै उनीहरुले पानी कटाउनका लागि नहरको बाँध नजिकै पानी निकासको स्थान बनाउन शुरु गरेका थिए ।

उनीहरुले नहरसँग खन्न थालेसँगै भारततर्फ पनि त्यसबारे जानकारी गराइएको छ । त्यससँगै भारतीय अधिकारीहरु पनि घटनास्थलमा आएका थिए ।

भारतले बनाएको अवैध बाँधका कारण बर्षाका समयमा पानीले घरबास उठिबास हुन लागेको र एक हजार बिगाहा भन्दा बढी धानबाली नष्ट हुन थालेपछि पानीको निकास निकाल्न भारतीय पश्चिमी नहर फुटाल्न गएको सुस्ताबासीले बताएका छन् ।

पानीको निकास नहुँदा सुस्ता गाउँपालिकाको वडा नम्बर १ का बरुवा, छिबनी, फेचुहा र रुपौलिया तथा वडा नम्बर २ का सत्तपति र महलबारीमा एक हजार बिगाहाभन्दा बढी जमिनमा लगाइएको धानबाली र नगदेबाली उखु नष्ट भएको छ ।

अविरल वर्षाका कारण नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १ र २ डुबानमा परेका छन् ।  पटकपटक प्रशासनलाई भन्दा पनि कुनै सुनुवाई भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web