टोकियो ।

पाँच मैत्रीपूर्ण फुटवल खेलको लागि जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो खेलमा लजास्पद हार व्यहोरेको छ ।

बिहीबार भएको मैत्रपूर्ण खेलमा नेपाली टोली जापानको अमिटी स्पोर्टस क्लबसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धागर्ने अमिटी क्लवलाई एकतर्फी नतिजा सुम्पिएको नेपाली टोलीलाई खलको चौथो मिनेटबाटै गोल हानेको जापानी टोलीले पहिलो र दोस्रो हाफमा एकोहोरो दबावमा राखेको थियो ।

खेलको चौथो मिनेटमै यामाकोमो डाइकीको गोलबाट पछि परेको नेपालविरुद्ध १६ औं मिनेटमा योसहियोकाले गोल गरेका थिए । त्यस्तै ३४ औं मिनेटमा ताकाहासीले गोल गर्दै पहिलो हाफमा तीन गोल पुर्याए ।

दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै अमिटीले गोलअन्तरलाई फराकिलो पारेको थियो । मोरिया ताकाजिनले ५६ औं र होरिनो जुनले ५७ औं मिनेटमा नेपालविरुद्ध गोल गर्दै नेपाललाई ५ गोलले पछि पारे । अन्तत यही पाँच गोल खाएको नेपालले सान्त्वना गोल समेत फर्काउन नसक्दा खेल लजास्पद रुपमा सुम्पियो ।

नेपालले यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा आइतबार गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो ।

यसैगरि बुधवारको खेलमा जापानको गाकुइन विश्वविद्यालयको टोलीलाई २–१ ले पराजित गरेको थियो ।

एएफसी एसियन कप छनोटअन्तर्गत भदौ २० गते ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान आएको नेपाली टोलीले चौथो मैत्रीपूर्ण खेलमा शुक्रबार हानान विश्वविद्यालयसँग नेपाली समयअनुसार १ः१५ बजे प्रतिस्पर्धा गर्नेछ ।

भिडियो अपलोड हुँदैछ, कृपयाँ केही मिनेटपछि यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

मैत्रीपूर्ण खेल । नेपाली फुटवल टोलीले अन्तिम मिनेटमा गोल हान्दै जापानी टोलीलाई हरायो

जापानमा रहेको नेपाली फुटवल टोली र जापानको गाम्बा ओसाका यु-२३ बिचको खेल बराबरी

नेपाली राष्ट्रिय फुटबल टोली आज जापान आउँदै

20.12¡ÆC