राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

साउन ३२, २०७४ मा प्रकाशित | 959 views

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेट गर्नुभएको छ ।

अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघ संस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गर्नुभयो ।

साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा त्यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web