चीनका उपप्रधानमन्त्री कीर्तिपुरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन

साउन ३२, २०७४ मा प्रकाशित | 841 views

काठमाडौं ।

चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले, कीर्तिपुरमा चीनिया सहयोगमा निर्मित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आज अवलोकन भ्रमण गर्नु भएको छ ।

नेपालमा आयुर्वेदिक चिकित्साको विकास र अनुसन्धानको लागि चीन सरकारको सहयोगमा आठ वर्ष अघि ६८ करोडको लगानीमा सो केन्द्र बनेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको हातामा बनेको सो भवन चीनिया पक्षले नै निर्माण सम्पन्न गरी ६ वर्ष अघि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

चीनिया उपप्रधानमन्त्री याङको अवलोकन भ्रमणको क्रममा चीन सरकारले  केन्द्रलाई २४ करोड रुपैंया बराबरको चिकित्सकीय उपकरण पनि उपलव्ध गराएको छ ।

केन्द्रले हाल आयुर्वेदिक चिकित्सा अन्तर्गत  शालाक्य, शल्य चिकित्सा, स्त्री, प्रसुति सेवा अर्बुद्ध, अकुपञ्चर, रेडयोलोजी, प्याथोलोजी लगायतका सेवा दिंदै आएको छ ।

केन्द्रको अवलोकन भ्रमणको क्रममा चीनिया उपप्रधानमन्त्री याङले नेपालमा आयुर्वेदको अनुसन्धान र विकासका लागि चीन सरकारले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्वास्थ्य सचिव डा किरण रेग्मीले  सातै प्रदेशमा आयुर्वेद अस्पताल  निर्माणका लागि सहयोग गर्न चीन सरकारसंग आग्रह गर्नु भयो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्दका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले केन्द्रबाट विभिन्न जडीवुटी र  आयुर्वेदको क्षेत्रमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web