एउटै चितामा जले बाजे र दुई नाति

साउन ३२, २०७४ मा प्रकाशित | 946 views

सुर्खेत ।

उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे । दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे । बाँचुन्जेल तीनै जना सँगै रमाए । मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो । मध्यरातमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो । खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन् । मृतक गुमानसिंका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए ।लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो ।

मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन् । बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए ।

पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए । फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे । तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन् । बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे ।

काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखा ओभाएको छैन । पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन् । तर, छोराहरू बाजेलाई बचाउन भन्दै घरभित्र पसे । हेर्दाहेर्दै घर पहिरोले लग्यो । छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेकोे छ ।

यसैबीच, मलामी गएका छिमेकीले मृतक परिवारलाई राहत उपलब्ध गराएका छन् ।

उनीहरूले पीडित परिवारलाई राहतस्वरूप १४ हजार एक सय ४६ रुपैयाँ प्रदान गरेका हुन् । यस्तै, गुर्भाकोट नगरपालिकाले प्रतिमृतक २५ हजार रुपैयाँका दरले राहत प्रदान गरेको नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए । नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न पनि उपलब्ध गराएको छ । यस्तै, रेडक्रसले पनि पीडितलाई भाँडाकुँडा र कपडा वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web