तराईमा भारतका कारण बाढी, चीनद्धारा बाढी पीडितलाई १० लाख डलर अनुदान घोषणा

साउन ३१, २०७४ मा प्रकाशित | 1118 views

काठमाडौं ।

छिमेकी देश भारतले बाँध नखोलेर तराईमा बाढीको समस्या बढाइदिइरहँदा चिनले भने नेपालका बाढी पीडितको लागि १० लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

नेपाल भ्रमणमा आउनुभएका चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि दश लाख अमेरिकी डलर अनुदान सहायता दिने घोषणा गरेका हुन् ।

चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको हो ।

सोमबार राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् ।

वार्ताको नेतृत्व बिजयकुमार गच्छदारले गरिरहेका छन् भने वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन्। लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् ।

यसैबिच उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारसँग सोल्टी होटलमा मंगलबार भएको भेटमा चिनिया उपप्रधानमन्त्री वाङले सो सहायता रकमको घोषणा गरेका हुन ।

एक साताको अवधिमा मंगलबार अपरान्हसम्ममा १ सय ७ जनाको बाढी, पहिरो र डुवानका कारण मृत्यु भएको छ । तराईका जिल्लाहरु बाढी र डुवानबाट प्रभावित छन् । उपप्रधानमन्त्री गच्छादारले चिनिया उपप्रधानमन्त्री वाङको सम्मानमा सोल्टी होटलमा दिवाभोज दिएका छन् ।

उपप्रधानमन्त्री याङले मंगलबार नै नेपाल र चीन वीच तीन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोल्टी होटलमै भेटवार्ता गर्दैछन् । याङ सोमबार पाकिस्तानको भ्रमण सकेर काठमाडौ आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web