जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं युरोपेली बैठक चल्दै गर्दा एउटा भिडियो प्रस्तुतिपछि धेरैका आँखा रसाए। आफैंले गरेको सहयोगबाट बौद्धिक अपांगता भएका बालबालिकाहरुले टेम्पो छोडेर स्कुल बस चढ्न थालेको भिडियो देखेपछि एनआरएनएहरुका आँखा रसाएका हुन्।

गत बर्ष एनआरएनको नवौं युरोपेली बैठक कोपेनहेगनमा सम्पन्न हुँदा संघका अभियन्ताहरुले मकवानपुरको हेटौंडा नगरपालिका-६ गौरीघाटमा रहेको ‘आशा स्कुल’ लाई बस खरिद गर्नका आर्थिक सहयोग गरेका थिए। एनआरएनले १५ लाख ३० हजार रुपैयाँ सहयोग गरे पछि स्कुलले बस किन्न सकेको हो।

जर्मनीको फ्रयाङ्कफर्टमा दशौ बैठक चल्दै गर्दा बालबालिकाहरु बसमा ओहोर दोहोर गरेको दृश्यले धेरैको मन छोयो। बालबालिकाहरुले यस अघि दुई वटा टेम्पोमा चढेर आशा बिशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रमा पुग्ने गरेका थिए। एउटा टेम्पोमा १७- १८ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु कष्टपूर्वक यात्रा गर्नु पर्ने बाध्यता हटेको भन्दै अभिभाबकहरुले एनआरएनलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।

भिडियो सन्देश मार्फत एक अभिभावक सुशीला बस्नेत भन्छिन्, ‘अहिले बसमा हाल्दा बालबालिकाहरु धेरै रमाएका छन् ,सफा सुग्घर भएर आउँछन्,बस किनीदिनु भएकोमा हामी धेरै खुशी छौ। बालबालिकाहरु खुशी साथ रमाएर स्कुल जान थालेका छन्। बाबु आज नजाउ न त भन्दा पनि बस आयो जाने -जाने भन्दै स्कुल जान थालेका छन्।’

यता, स्पेनमा रहेको आफ्नो परिवार र कामलाई छोडेर २५ वर्षको उमेरमा अपांग भएका नेपाली बालबालिकाहरुको साहारा बनेकी आईनाले यसबाट झनै प्रेरणा मिलेको बताइन्उँर । उनले भनिन्, ‘हामीलाई सुरुमा नै बसको आवश्यकता थियो तर पैसा थिएन। टेम्पोमा कोचाकोच गर्दै बच्चाहरुलाई ओहोरदोहोर गर्दा ज्यादै कठिन पल बितायौं तर आज असाधारण बालबालिकाहरुका लागि बस किन्न सकेका छौं, धेरै खुशी लागेको छ।’

उनले बालबालिकाको भविष्य प्रति सकारात्मक सोच राख्दै सहयोग गर्ने एनआरएनलगायत सहयोगी दाता प्रति आभार प्रकट गरिन्। आईनाले भनिन् –एनआरएनको सहयोगले मलाई ठूलो हौसला र प्रेरेणा मिलेको छ, सम्झना स्वरूप स्कुल बसका एनआरएन लोगो राखेका छौं, यसले नेपाल र बाहिर रहेका नेपालीहरुलाई सधै जोडिरहने छ भन्ने विश्वास लिएकी छु।

हेटौडाली परिबारकी संस्थापक आईना बार्काका अनुसार ३० लाख ८० हजार रुपैयाँको लागतमा ३६ सिटको टाटा मोटरस् खरिद गरिएको हाे। एनआरएनबाट १५ लाख ३० हजार रुपैयाँ, अन्य संघ संस्था तथा विभिन्न कार्यक्रमवाट ८ लाख ५० हजार रुपैयाँ र अपुग रहेको ७ लाख रुपैयाँ हेटौडाली परिवारले खर्च गर्दै स्कुल बस खरिद गरेको हो।

घले र लामिछानेले गरे प्रंशसा

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले स्पेनिस चेली आईनाले गरेको कामको प्रशंसा गरेका छन्। दशौं युरोपेली बैठकको सभाकक्षमा भिडियो देखेपछि प्रतिक्रिया दिदै अध्यक्ष घलेले अनलाइनखबरलाई भने, ‘सहयोग पुग्नु मात्र ठूलो कुरा होइन, उद्देश्य अनुरुप काम सम्पन्न गर्नु सबै भन्दा महत्वपूर्ण हो। हाम्रो सहयोगलाई सही सदुपयोग गर्दै उनले गरेर देखाइन् यसैमा हाम्रो खुशी छ।”

यस्तै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले आइनाले गरेको काम तथा स्पेनस्थित नेपाली समुदायले खेलेको सहयोगी भूमिकाको प्रंशसा गरेका छन्। इमान्दारितापूर्वक काम गर्नुपर्ने एउटा सफल उदाहरण आइनाले प्रस्तुत गरेको लामिछानेले बताए।

बस किन्न कहाँ-कहाँबाट जुट्यो सहयोग ?

स्कुल बस खरिदका लागि गैरआवासीय नेपालीका केन्द्रीय अध्यक्ष शेष घले एक्लैले ६ लाख रुपैयाँ सहयोग गरेका छन्। गत जुलाईमा डेनमार्कमा सम्पन्न्न एनआरएनको नवौं युरोपेली क्षेत्रीय बैठकका क्रममा अध्यक्ष घलेले सहयोग गरेका हुन्।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ३ लाख रुपैयाँ, उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तले एक-एक लाख रुपैयाँ, युरोप क्षेत्रीय संयोजक कुल आचार्यले १ लाख रुपैयाँ र राष्ट्रिय समन्वय परिषद् इटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन्। युरोपेली बैठकमा एनआरएनबाट १३ लाख रुपैयाँको घोषणा भएता पनि, संघका सचिव अर्जुन कुमार श्रेष्ठले १ लाख रुपैयाँ र एनआरएनए क्षेत्रीय समिति म्याड्रिडले १ लाख ३० हजार रुपैयाँ सहयोग गरे पछि समग्रमा एनआरएनबाट १५ लाख ३० हजार रुपैयाँको सहयोग पुगेको छ।

यस्तै स्पेनिस संस्था सोस्ट्रेस एसोसियसनले ४ लाख रुपैयाँ,आमा फाउन्डेसन नेपालबाट १ लाख रुपैयाँ सहयोग जुट्यो। गायक शिव परियारले स्पेनको नेपाली समुदाय माँझ निशुल्क कार्यक्रम सम्पन्न गर्दा २ लाख रुपैयाँ बचत भएको थियो। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य डा.बिनय श्रेष्ठ र युवा संयोजक अर्जुन बस्ताकोटीको पहलमा स्वीटजरल्याण्डको नेपाली समुदायबाट १ लाख ५० हजार रुपैयाँ जुटेको थियो।

झन्डै ६५ लाखको खर्चमा नयाँ भवन बन्दै

स्कुलमा आउँन धेरै बालबालिकाहरु इच्छुक रहेकाले नयाँ भबन समेत निर्माण भईरहेको आईनाले जानकारी दिइन् । उनले भनिन्, ‘अब करिव ४-५ महिनाभित्र नयाँ भवन पनि बनिसक्ने छ, त्यसपछि हामीले ५५ जना बालबालिकाहरुलाई पढाउँने क्षमता राख्ने छौं । आशा गरौं, अब छिट्टै नै अन्य बालबालिकाहरुलाई पनि पढाउन पाउने छौं ।’

निर्माणाधीन भवनमा ४ बटा कक्षासहित फिजियोथेरापीका लागि २ बटा छुट्टै कोठाहरु हुनेछन् भने किचन, डाईनिङ, शिक्षक तथा कार्यलयकक्षको छुट्टै व्यवस्था रहने छ ।

आइनाका अनुसार नयाँ भवनका लागि ४१ लाख रुपैयाँ खर्च भइसकेको छ, बाँकी २० देखि २४ लाख रुपैयाँ रकम अपुग रहेको छ। उनले भनिन्,”हामी सँग रकम छैन तर पनि सबैको सहयोग मिल्ने आशाले काम गरिरहेका छौ।”

मकवानपुरमा रहेको स्कुलमा हाल २९ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्। हेटौंडाली परिबारले दुर्गम गाउँ तथा घरमा राम्रो हेरचार हुन नसक्ने अबस्था रहेका अशक्त बालबालिकाहरुलाई छात्राबासको समेत ब्यबस्था गरेको छ।

24.89¡ÆC