<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सुनसरी : लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ वटा मात्र ढोका खुल्ला गरिएको छ। पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सप्तकोसी नदीमा शुक्रबार बिहान प्रतिसेकेण्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको भएपनि दिउँसोबाट अझ बढ्दै गएको एसपी माझीले बताए। सप्तकोसीमा पानीको बहाव उच्च भएका कारण सुनसरीको बराहा नगरपालिका स्थित श्रीलंका टापुका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको महेन्द्रनगरका रमेश घिमिरेले बताए। यतिबेला कोसी प्रभावित क्षेत्रका बासिन्दाहरु त्रसित देखिन्छन्।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सप्तकोसी नदीबाट तत्काल कुनै खतरा नरहेको बताए। उनले कोसी प्रभावित क्षेत्रमा हुने संभावित घटनालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अबस्थामा राखिएको बताए।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बल्ने गर्छ। २०६५ भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख ६८ हजार क्युसेक रहेको थियो ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका गाविसहरु श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकहीका हजारौ बासिन्दा घरबारविहीन भएका थिए।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सप्तकोसी क्षेत्रमा सर्तकता अपनाउन गृहमन्त्रीको निर्देशन
सप्तकोशीमा पानीको बहाब बढ्दै गएपछि गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारीलाई नदीले कटान गर्ने क्षेत्रमा विशेष सर्तकता अपनाउन निर्देशन दिएका छन् ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">गृहमन्त्री शर्माले शुक्रबार साँझ फोन गरेर निमित्त प्रमुख जिल्ला अधिकारीलाई उक्त क्षेत्रको सम्पूर्ण शान्ति सुरक्षालाई मिलाउन निर्देशन दिएका हुन् । सप्तकोसीका कारण हुने सम्पूर्ण खतराको समाधान दुई दिन भित्र गर्न मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
22.33¡ÆC