कालिकोट ।

सुर्खेत जुम्ला कर्णाली राजमार्गको कालिकोटमा ठुलो पहीरो खसे पछि राजमार्ग अबरुद्ध भएको छ ।

कालिकोटमा पर्ने सडक खण्डको भर्ता स्थित एसमोड नजिक सडकमा माथिबाट पनि पहीरो गएको र पहीरोका कारण सडकको पर्खाल पनि भासिएकाले पहीरो हटाएर पर्खाल निमार्ण गर्दा सम्म समय लाग्न सक्ने कालिकोट प्रहरी प्रमुख डिएस्पि योगेन्द्र खड्काले जानकारी दिनु भयो ।

सडक अबरुद्ध भए पछि यात्रिहरु अलपत्र परेका छन भने सयौको संख्यामा मालबहाक सवारी साधान र यात्रिबहाक साना ठुला सवारी सडकमै लाईन लागेर रोकिएका छन भने यात्रुहरु अलपत्र परेका छन ।

सुर्खेत जुम्ला सडक खण्डको कालिकोट क्षेत्रमा सडक मर्मत सुधारका लागी सरकारले उपलब्ध गराएको स्काभेटर पनि गएको २२ गते कालिकोटको दाहाँमा दुर्घटना भईसकेको छ ।

अर्को स्काभेटर जोह गरेर बाटो चाडो खुलाउन निर्देशन गरि सकेको र जति सक्दो चाडो बाटो खुलाउने प्रयासहुने कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेधिले जानकारीदिनु भयो । सुक्रबार दिउसो आएको पहीरोले राजमार्ग अबरुद्ध भएको हो ।

18.21¡ÆC