१८ जेठ, नेपालगञ्ज ।
नेपाली काँग्रेसको महाधिवेशनमा सभापती उठेर लजास्पद पराजयपछि गुमनाम बस्दै आएका कृष्ण प्रसाद सिटौलाले दलहरुबिच नयाँ समझदारी चाहिएको बताएका छन् ।

नेपाली काँग्रेसभित्र भारतको विश्वासिला शिर्ष नेताका रुपमा चिनिने सिटौलले राष्ट्रिय राजनीतिमा तत्काल नयाँ समझदारी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

काँग्रेस समर्थक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता सिटौलाले संविधानको सहज र शिघ्र कार्यान्वयनका लागि मुख्य दलहरुबीच नयाँ समझदारी अहिलेको टड्कारो आवश्यकता भएको बताए ।

दलहरुबीच विकसित असझदारीले संविधान कार्यान्वयन नै जटिल अवस्थामा पुग्न थालेको भन्दै उनले विश्वासको संकट निवारणका लागि सबैले आ–आफ्ना स्वार्थ त्यागेर राष्ट्रहितलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिए ।

सिटौलाले भने ‘कांग्रेस सबैभन्दा ठूलो दल हो, मुख्य दलहरुबीच नै अविश्वास बढेको छ, यसको अन्त्य गर्दै नयाँ समझदारी निर्माणका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्छ, ।

संविधान कार्यान्वयनमा ढिलाई हुँदा संघीय व्यवस्था नै लागू नहुने खतरा बढेकाले तत्काल दलहरु सहमतिमा पुग्नुपर्ने अर्ति दिएका सिटौलले गाउँपालिका र नगरपालिकाको नयाँ संरचना नबन्दासम्म तत्काल स्थानीय निकायको निर्वाचन गर्न नहुने बताए ।

नयाँ संरचना निर्माण गरेर चैत, बैशाखसम्ममा स्थानीय चुनाव गर्न सकिने सिटौलाको दाबी थियो ।

मधेशका असन्तुष्टिलाई वार्ताबाटै हल गर्नुको विकल्प नरहेको समेत सिटौलाले बताए । सरकारले ल्याएको बजेटमा कुनै नयाँ कुरा नभई पुरानै कार्यक्रमलाई नयाँ नाम दिएर ल्याइएको बताएपनि उनले काँग्रेसले बिरोध गर्नुको कारण भने केही बताएनन् ।

30.12¡ÆC