बझाङ ।

जिल्ला सदरमुकाम चैनपुरमा रहेको जयपृथ्बी नगरपालिका वडानं ३ डुङ्गी भन्ने ठाउँबाट बिशेष सुराकीका साथ बिहीबार राती २ बजे जिल्ला प्रहरी कार्यालबाट खटिएको टोलिले ६ जना जुवाडेलाई नगद ७७ हजार सहित रंगेहात प्रकाउ गरेको छ ।

प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले दिएको जानकारी अनुसार बिशेष सुराकीका आधारमा खेल भैरहेको छ भनी थाहा पाउँदा आफूले सहिसाप राधाकृष्ण नाथको नेतृत्वमा टोली खटाएर ६ जना जुवाडेहरु प्रकाउ गरेको बताए ।

प्रकाउ पर्नेमा जयपृथ्बी नगरपालिका २ का गणेश खड्का, जनपा १० का बिराट कठायत, सो वडाकै प्रेम बहादुर सिहं, भुबन जोशी,अनिल बिष्ट साथै छबिस पाथीभेरा २ का लोकेन्द्र कठायतलाई प्रकाउ गरेको डिएसपी चन्द्रले बताए ।

23.13¡ÆC